
दाङ । दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ पुरुष र ३ महिला घाइते भएका हुन् ।
७ घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र २ घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
बस दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँ बस्ने ३५ वर्षीय केशरबहादुर पुनले चलाएका थिए । बस चालक पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


