२०८२ फागुन ११ सोमवार , ०६:१७:३० बजे

Sajhamanch
'

सिन्धुलीमा नेपाली र चिनियाँ कामदारबीच झडप, ७ जना घाइते

सोमवार, फागुन ११, २०८२

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ रहेका छन् । नेपाली कामदार नवराज बम्जनको दायाँ आँखा र खुट्टामा तथा गोर्कण कटुवालको टाउकोमा चोट लागेको छ । चिनियाँ कामदारहरूलाई कान, टाउको, हात, छाति र मुखमा चोट लागेको छ ।

घाइते सबैको मरिण प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ ।

नवराजलाई कामबाट निकालेको विषयलाई लिएर यो विवाद शुरू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर