२०८२ फागुन ११ सोमवार , ०३:०४:०१ बजे

Sajhamanch
'

मेचीनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

सोमवार, फागुन ११, २०८२

झापा । झापाको मेचीनगरमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका–१५ स्थित कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीको चेकपोईन्ट टोलीले उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १ ०१–०१२ प ५९३३ नम्बरको मोटरसाइकलमा सवार अर्जुनधारा–४ राते खालका २९ वर्षीय शिव दनवार र उक्त मोसामा पछाडि बस्ने सोही स्थानका २१ वर्षीय नितेश दनवारलाई शङ्का लागि चेकजाँच गरिएको थियो ।

चेकजाँचका क्रममा कालो प्लास्टिकमा पोका पारी मुखभित्र लुकाइछपाई ल्याएको अन्दाजी २ ग्राम ब्राउन सुगर फेला परेको थियो । सशस्त्रले उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी चौकी ज्यामिरगढीलाई बुझाइएको छ ।

सम्बन्धित खबर