२०८२ फागुन १० आइतवार , ०१:५८:५८ बजे

Sajhamanch
'

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

आइतवार, फागुन १०, २०८२

सङ्खुवासभा । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर पु¥यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ ।

आइतवार, फागुन १०, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर