२०८२ फागुन ९ शनिवार , ११:३५:५५ बजे

Sajhamanch
'

झापा २ : बिर्तामोड ६ र १ का जनताकाे घरदैलोमा एमाले उम्मेदवार घिमिरे

शनिवार, फागुन ९, २०८२

बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नम्बर २  निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार आज फागुन ९ गते बिहान ७ बजेदेखि १२:३० बजेसम्म बिर्तामोड वडा नं. ६ र दिउँसो १ बजेबाट बिर्तामोड वडा नं १ मा उम्मेदवारसहित घरदैलो गरिएकाे छ ।

क्षेत्रीय निर्वाचन परिचालन समितिका संयाेजक एकराज कार्कीकाे नेतृत्वमा गरिएकाे टाेलस्तरीय घरदैलाेका क्रममा क्षेत्र नं. २ का उम्मेदवार, एमाले नेता तथा पूर्व सभामुख देवराज घिमिरेले उक्त भूगाेलका मतदाताहरू समक्ष स्वयम् उपस्थित भएर मत माग्नु भएको हाे ।

वडा नं. १ मा वडा कमिटीका अध्यक्ष सुनिल सिवाकोटी ले सहजीकरण गर्नुभएको उक्त टाेलस्तरीय काेणसभामा सूर्यध्वजावाहक उम्मेदवार घिमिरेले जनअपेक्षा अनुसारका भाैतिक विकास निर्माणका काम पूरा गर्न साथै मुलुक सञ्चालनका निमित्त आवश्यक ऐन नियम बनाउन पुनः एमालेलाई मत दिन आग्रह गर्नुभयो  ।

आफू पाँच वर्षका लागि निर्वाचित भएकाले कार्यकालभरि सम्पन्न गर्ने याेजना बनाएर काम गरिरहेकाेमा हठात संसद विघटन भई निर्वाचनमा हाेमिनु परेकाले थालेका अधुरा काम पूरा गर्नका लागि पुन: मतदान गरि विजयी बनाउन उहाँकाे आग्रह थियाे ।

सम्बन्धित खबर