२०८२ फागुन ७ बिहिवार , ०५:३८:३४ बजे

Sajhamanch
'

सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने कांग्रेसको घोषणा

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गर्नुभएको छ ।

काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले सङ्घमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गर्नुभयो । गठबन्धनको नाममा भागबण्डा गर्न कुनै पनि दलले मन्त्रालय सङ्ख्या बढाउन नपाउने उहाँको भनाइ छ ।

सभापति थापाले २०४६ सालपछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गर्नुभयो ।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आउँदो पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गर्नुभयो ।

आउँदो पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५०० अमेरिकी डलर पुर्‍याउने कांग्रेसको प्रतिबद्धता छ । सभापति थापाले अब कुनै पनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गर्नुभयो । अबको पाँच वर्षभित्र देशबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने उहाँको दाबी छ ।

सम्बन्धित खबर