२०८२ फागुन ६ बुधवार , ०६:३४:५३ बजे

Sajhamanch
'

नेपाली नक्कली नोट सहित एक जना पक्राउ

बुधवार, फागुन ६, २०८२

सुनसरी । सुनसरीको इनरूवा नगरपालिका(५ स्थितबाट नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इनरूवा-१० का २५ वर्षीय आजाद मियाले इनरूवा-५ स्थित सब्जी बजारमा किनमेल गर्दा ५०० को नोट दिएका थिए। उक्त नोट नक्कली रहेको शंका लागेर प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पैसा दिने मियालाई नियन्त्रणमा लिई खानतलासी गरेको थियो।

खानतलासी गर्दा उनको साथबाट ५०० दरको ८ थान नक्कली नेपाली रुपैयाँको नोट बरामद प्रहरीले बरामद गरेको हो।

घटना फागुन ५ गतेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर