२०८२ फागुन ४ सोमवार , ०५:४०:४६ बजे

Sajhamanch
'

प्रहरीको हतियार लुट्ने दुईजना पक्राउ

सोमवार, फागुन ४, २०८२

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने दुईजना पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयबाटै हतियार लुट्ने कनकाई नगरपालिका-८ स्थित मिश्रा टोल निवासी २२ वर्षीय सौगात थापा मगर र सोही ठाउँका ३२ वर्षीय सूर्य राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार दिउँसो १ः३० बजे कनकाई-८ निवासी तुलबहादुर थापा मगरको घरमा लागूऔषध र हतियार लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा मगरका छोरा सौगातले आफ्नै घर पछाडि रहेको कुखुराको खोरमा राखेको प्लास्टिकको ड्रमभित्र ९ एमएमको पेस्तोल, एक थान म्यागेजिन र सोको गोली ४० राउन्ड फेला परेको थियो ।

सो हतियार ल्याई अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटेको पुष्टि भएको छ । आइतबार फरार रहेका सौगात आज पक्राउ हो ।

उनलाई सो हतियार सूर्य राजवंशीले दिएको भनी प्रहरीमा बयान दिएपछि राजवंशी पनि पक्राउ परेको जनाइएको छ । दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित खबर