२०८२ फागुन ४ सोमवार , ०१:३२:२० बजे

Sajhamanch
'

झापामा एमालेका उम्मेदवार जिताउन मुक्ति समाजबाट २२ संयोजक परिचालन

सोमवार, फागुन ४, २०८२

झापा । झापामा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाभर २२ जना संयोजक परिचालन गरिएको छ । मुक्ति समाज नेपालले जिल्लादेखि पालिका तहसम्म समन्वय कमिटी बनाउदै २२ जनालाई संयोजकको जिम्मेवारी दिएको हो ।

आइतवार बिर्तामोडमा आयोजित जिल्लास्तरीय भेलाबाट जिल्ला, क्षेत्र र पालिका तहमा निर्वाचन समन्वय कमिटी बनाएको झापा जिल्ला अध्यक्ष रमेश गजमेरले जानकारी दिए ।

भेलाले सोमनाथ पोर्तेलको संयोजकत्वमा १८ सदस्यीय जिल्ला स्तरीय प्रचार प्रसार कमिटी गठन गरेको छ । यस्तै, भेलाले ५ वटै निर्वाचन क्षेत्र र १५ पालिकाहरुमा संयोजकहरु तोकेको छ ।

झापा क्षेत्र नं. १ को संयोजकमा निरु परियार, क्षेत्र नं. २ मा भोला परियार, क्षेत्र नं. ३ मा रविन गन्दर्भ, क्षेत्र नं. ४ मा दलबहादुर विश्वकर्मा र क्षेत्र नं. ५ को संयोजकमा काशी खातीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको समाजका अध्यक्ष गजमेरले जानकारी दिए ।

यस्तै, मेचीनगरको संयोजकमा नारायण बराईली, अर्जुनधारामा नारायण दर्जी, बिर्तामोडमा गोपाल लकान्द्री, कनकाईमा गंगा गजमेर, भद्रपुरमा नरेश परियार, शिवसताक्षीमा जीतबहादुर ठटाल, गौरादहमा डम्बर विक,दमकमा टिकाराम बयलकोटी, बुद्धशान्तिमा भीम धमला, कचनकवलमा जीवन ठटाल, बाह्रदशीमा गोपाल दर्नाल, हल्दिवारीमा मणिकुमार शंकर, झापा गापामा विनोद बराईली, गौरीगञ्जमा सुनिता पासवान र कमलमा हिमा नेपालीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

कमिटीको सदस्यहरुमा पालिका सदस्यहरु, वडा सदस्यहरु र जनप्रतिनिधिहरु परिचालन गरिने जनाइएको छ ।

एमाले केन्द्रीय सदस्य जीतु गौतमको संयोजकत्वमा अनुगमन कमिटी गठन गरिएको छ । अनुगमन कमिटीको सदस्यहरुमा बिमला विश्वकर्मा, जसमाया गजमेर, मोहन विक रहेका छन् ।

एमालेका सबै उम्मेवारीहरुलाई विजयी गराउने निर्णयसहित भेला सम्पन्न गरिएको जनाइएको छ ।

सम्बन्धित खबर