२०८२ फागुन ३ आइतवार , ०७:५८:३२ बजे

Sajhamanch
'

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारण लाइन परीक्षण शुरू

आइतवार, फागुन ३, २०८२

गुल्मी । गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्मको विद्युत् प्रसारण लाइन आजदेखि परीक्षण शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले १३२ केभीको डबल सर्किट प्रसारण लाइन परीक्षणसहित सञ्चालनमा ल्याएको हो ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा रहेको तम्घास सबस्टेशनदेखि ढोरपाटन नगरपालिका वडा नम्बर २ मा रहेको बुर्तिबाङ सबस्टेशनसम्मको प्रसारण लाइनमा विद्युत् प्रवाह परीक्षण शुरू गरिएको योजना प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्राधिकरणले सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार नछुन, टावर वरिपरि नजान तथा घरपालुवा जनावर नछोड्न आग्रह गरेको छ ।

यो आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङमा विद्युत् आपूर्ति सुदृढ हुनेछ । यसअघि बुटवलमा रहेको सबस्टेशनबाट लामो दुरीमा विद्युत् आउँदा आपूर्तिमा समस्या थियो । दुई दिनसम्म परीक्षण गरेर नियमित सञ्चालन हुने योजना प्रमुख चौधरीले बताउनुभयो ।

सम्बन्धित खबर