२०८२ फागुन ३ आइतवार , ०१:४८:१४ बजे

Sajhamanch
'

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको ज्यान गयो

आइतवार, फागुन ३, २०८२

काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको ज्यान गएको छ । दुर्गाभगवती गाउँपालिका–४ गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार ज्यान गुमाउनेमा यमुनामाई गाउँपालिका–४ सरुअठाका मोटरसाइकलका चालक २४ वर्षीय जितेन्द्र साह र मोटरसाइकलको पछाडि बस्ने २२ वर्षीया पुनमदेवी साहको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई अचेत अवस्थामा गौर प्रादेशिक अस्पतालमा उपचारका लागि पठाएकोमा अस्पतालले मृत घोषणा गरेको हो । बिआर ३० यु १३७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर