२०८२ फागुन १ शुक्रवार , ११:००:०० बजे

Sajhamanch
'

एकै पटक हजारौ एमाले कार्यकर्ता जनताका घरघरमा

शुक्रवार, फागुन १, २०८२

दमक । नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकैपटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उध्येश्यले भेटघाटलाई तिब्र बनाइएको हो ।

भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटिमा रहने सबै पदाधिकारी तथा सदस्य स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागी रहने गरी जनताका घर घरमा पुगेर भेटघाट र छलफल गरिएको हाे ।

साेक्रममा जनतबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका बिषयलाई सम्बोधन गरिने जनाइएको छ ।

उक्त निर्वाचन क्षेत्र अन्र्तगतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेद्धार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी गराउन आग्रह गरिएको छ ।

झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा ब्यस्त नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालका अनुसार हामी आफ्नो क्षेत्र टोलका प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरिरहेका छौ । यस क्रममा धेरै मतदाताले उत्साह पूर्वक सुझाव दिएको उहाँले बताउनुभयो ।

भेटघाटको क्रममा जनताले दिएको आश्वाशन सुझावले आफुहरुलाई थप उत्साहित बनाएको छ दाहालकोे भनाई छ ।

यस क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनमा देश विकास गर्ने तथा देशको नेतृत्व गर्ने गरी नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यो क्षेत्रबाट विजयी गराउन सन्देश लिएर जनतासँग हामी अभियानको रुपमा अघि बढेका छौ अनेमसंघका जिल्ला अध्यक्ष दाहालले सुनाउनु भयाे ।

पार्टीको निर्वाचन रणनीति अन्र्तगत साे क्षेत्रका सबै वडाका सबै टोल कमिटीका एकैपटक एउटै योजना लिएर नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन् । यसरी परिचालन भएका कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा एआईको प्रयोग गरेर फैलाइएका भ्रमहरु चिर्ने काममा लगाइएको छ । सामाजिक सञ्जालमा लेखिने, बोलिन ज्यादै निकृष्ट शब्दहरुले समाजमा नकारात्मक सोचको बिकास भइरहेको छ ।

जसका कारण मिलेर बसेको नेपाली समाजको आत्मियता, सद्भाव र सम्भ्यता समेत गुम्दै गएको छ । यसलाई प्रस्ट पार्दै जनतालई भय रहित समाजमा रुपान्तरण एमालेको यो अभियान रहेको जनाइएको छ ।

जनतासँग एमाले सधै साथमा नै रहेको छ । आफ्नो टोलमा कुनै पनि उत्श्रृखल गतिबिधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिने गरी समाजमा एक आपसमा सद्भाव र मित्रवत व्यवहार कायम राख्न सबैमा अनुरोध समेत गरिएको जनाइएको छ ।

आजदेखि सबै टोलमा यो अभियानको रुपमा अघि बढाइएको  र यो क्रम केही दिनसम्म निरन्तर जारी रहने समेत जनाइएको छ ।

सम्बन्धित खबर