२०८२ फागुन १ शुक्रवार , ०६:५५:४६ बजे

Sajhamanch
'

आइतवारसम्म मतपत्र छपाइ सकिने

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र पर्सि आइतवारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिनुभयो । कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

आइतवारसम्म बाँकी ३० लाख मतपत्र छपाइ हुने निर्देशक पौडेलले बताउनुभयो । उहाँका अनुसार छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी शुरू भएको छ । ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको हो ।

सम्बन्धित खबर