२०८२ माघ २५ आइतवार , ०१:१३:४९ बजे

Sajhamanch
'

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

आइतवार, माघ २५, २०८२

काठमाडौं । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । पोखरा रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० गोलको फराकिलो अन्तरको जीत निकाल्दै भारत च्याम्पियन बनेको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छिन् । उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ ।

गएको माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो ।

सम्बन्धित खबर