२०८२ माघ २४ शनिवार , ०१:०३:४० बजे

Sajhamanch
'

शिक्षक हित साकोसद्वारा छात्रा वक्तृत्वकला प्रतियोगिता, बुद्ध आदर्शकी हिसिला भइन् प्रथम

शुक्रवार, माघ २३, २०८२

झापा। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस), झापाको आयोजनामा आज शुक्रबार “आचरणयुक्त शिक्षा, आजको आवश्यकता” शीर्षकमा छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्तिकी छात्रा हिसिला लुहागुनले प्रथम स्थान हासिल गरेकी छन् ।

प्रतियोगितामा अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयकी छात्रा छात्रापति गुरागाई दोस्रो र गढीगाउँ माध्यमिक विद्यालय बुद्धशान्तिकी छात्रा सुजाता सुनुवारले तेस्रो स्थान हासिल गरे । त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधाराकी छात्रा सबिना पोखरेलले सान्त्वना स्थान प्राप्त गरिन् ।

शिक्षक हित कोसका अध्यक्ष हरि तिम्सिनाको प्रमुख आतिथ्यमा कालिस्थान माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १४ विद्यालयका विद्यार्थी तथा प्रतिनिधि शिक्षकहरूको सहभागिता थियो।कार्यक्रममा कलिस्थान माध्यमिक विद्यालयका शिक्षकहरु तथा अर्जुनधारा नगरपालिकाका प्रतिनिधि युवराज अधिकारी लगायतको सहभागिता थियो ।

सो कार्यक्रमको संयोजन देवमाया दाहाल गौतमले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन कुमार मिश्रले गरेका थिए ।प्रतियोगिताको निर्णायक मण्डलमा दशरथ चन्द्र माध्यमिक विद्यालय मेचीनगरका तेजप्रसाद खनाल र कनकाई माध्यमिक विद्यालयका भिमप्रसाद दाहाल रहेको कार्यक्रम संयोजक गौतमले बताइन् ।

शुक्रवार, माघ २३, २०८२ | Uncategorized

सम्बन्धित खबर