२०८२ माघ २३ शुक्रवार , ०१:४३:१८ बजे

Sajhamanch
'

राष्ट्रिय लिग फुटबलमा चर्च ब्वाइजको लगातार तेस्रो जीत

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा लगातार तेस्रो जीत निकालेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा हिजो भएको खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो ।

शुरूका दुई खेलमा १ अंक मात्र जोडेको चर्च ब्वाइजले ५ खेल सकिँदा १० अंक पुर्याएको छ । पहिलो खेलमा श्री भगवती क्लबसँग १–१ को बराबरी खेलेको चर्च ब्वाइज एपीएफसँग ४–१ ले पराजित भएको थियो ।

त्यसपछिका दुई खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० र नव जनजागृति युवा क्लबलाई ६–१ ले हराएको थियो । पुलिसले भने ५ खेलमध्ये ३ खेल गुमाएको छ भने एक खेल बराबरी खेलेको छ ।

सम्बन्धित खबर