२०८२ माघ २२ बिहिवार , ०७:२५:०६ बजे

Sajhamanch
'

शेयर बजार २ हजार ७०० विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

बिहिवार, माघ २२, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १९ अङ्कले बढेर २ हजार ७०८ दशमलव ७० विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा र अन्य समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ ।

आज २ सय १ वटा कम्पनीको शेयर बढेकोमा ५५ वटाको घटेको छ । यस्तै ४ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३२६ वटा कम्पनीका ३ करोड ५५ लाख कित्ता शेयर ११ अर्ब ५८ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर