२०८२ माघ २२ बिहिवार , ०८:०४:१४ बजे

Sajhamanch
'

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न सहायक सीडीओलाई गृह मन्त्रालयको निर्देशन

बिहिवार, माघ २२, २०८२

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र गरेको छ ।

चुनावको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र त्यस सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

सम्बन्धित खबर