२०८२ माघ २२ बिहिवार , ०५:४३:२६ बजे

Sajhamanch
'

भारतसँगको खेल बहिष्कारबारे पाकिस्तानी प्रधानमन्त्री : ‘हामी पूर्णरूपमा बङ्गलादेशको पक्षमा उभिनुपर्छ’

बिहिवार, माघ २२, २०८२

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले बङ्गलादेशप्रति ऐक्यबद्धता जनाउन आईसीसी टी–२० विश्वकप २०२६ मा भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको बताउनुभएको छ ।

पाकिस्तान सरकार वा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग सम्बन्धित कुनै पनि अधिकारीले बहिष्कारको कारणबारे सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक हो ।

शरिफले बुधवार आफ्नो मन्त्रिपरिषद्लाई सम्बोधन गर्ने क्रममा खेलकुदको मैदानमा राजनीति हुन नहुने भन्दै टी–२० विश्वकपमा भारतसँगको खेल नखेल्ने स्पष्ट अडान लिएको बताउनुभयो ।

पाकिस्ताले यो निर्णय धेरै सोचविचारपूर्वक गरेको र बङ्गलादेशको पक्षमा उभिनु उपयुक्त निर्णय भएको प्रधानमन्त्री शहबाज शरिफले भन्नुभयो ।

बङ्गलादेशले सुरक्षा चिन्ताको कारण देखाउँदै भारतमा टी–२० विश्वकप खेल खेल्न अस्वीकार गरेको थियो । आईसीसीले बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको छ ।

यसपछि फेब्रुअरी १ मा पाकिस्तान सरकारले फेब्रुअरी १५ मा टी–२० विश्वकपमा भारतसँग पाकिस्तानी टोलीको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो ।

१०औँ संस्करणको टी–२० विश्वकप पर्सि शनिवार फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले आउँदो आइतवार इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

सम्बन्धित खबर