२०८२ माघ २२ बिहिवार , ११:४५:५४ बजे

Sajhamanch
'

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो

बिहिवार, माघ २२, २०८२

उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ ।

आर्कटिकबाट आएको चिसो हावाको प्रभावका कारण असामान्य रूपमा धेरै हिमपात भएको अधिकारीहरूले बताएका छन् । सबैभन्दा बढी क्षति निआगाता र आओमोरी प्रिफेक्चरमा देखिएको छ । धेरैजसो मानिसको ज्यान घरको छतबाट हिउँ हटाउने क्रममा लडेर गएको खबरमा उल्लेख छ ।

आपतकालीन सेवाहरू प्रभावित क्षेत्रसम्म पुग्न नसक्दा स्वास्थ्यकर्मीहरू पैदलै स्ट्रेचर बोकेर उद्धारमा खटिनु परेको छ । हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध छ । बुलेट रेल सेवासहित अधिकांश रेल सेवा बन्द छन् र विद्यालयहरू पनि बन्द गरिएका छन् ।

सरकारले तापक्रम बढेसँगै हिउँ पग्लिँदा पहिरो र चिप्लो सतहका कारण थप जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । आउँदो हप्तामा अझै ठूलो हिमपातको पूर्वानुमान गरिएको छ । एजेन्सी

सम्बन्धित खबर