२०८२ माघ २१ बुधवार , ०६:२५:२७ बजे

Sajhamanch
'

नेप्सेमा रणनीतिक साझेदार ल्याउन अध्ययन प्रतिवेदनको सुझाव

बुधवार, माघ २१, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी प्रतिवेदन २०८२ ले नेप्सेको पूँजी र स्वामित्व संरचनामा महत्त्वपूर्ण सुधार गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि पूँजी वृद्धि तथा रणनीतिक साझेदारको प्रवेशलाई जोड दिएको हो ।

गएको मङ्सिरमा मन्त्रिपरिषद्ले चार्टर्ड एकाउन्टेन्ट प्रकाशजङ्ग थापाको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदन सरकारले हिजो सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेप्सेको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी लगानीकर्ताले अपेक्षा गरेबमोजिमको आधुनिक सेवा सुविधा विस्तार गर्न रणनीतिक साझेदार आवश्यक रहेको उल्लेख छ ।

रणनीतिक साझेदार छनोट गर्दा विश्वका शीर्ष २० स्टक एक्सचेन्जमध्येको एक हुनुपर्ने, कम्तीमा २० वर्षको अनुभव भएको र विश्व स्टक एक्सचेन्ज फेडेरेशनको पूर्णकालीन सदस्य भएको जस्ता योग्यता तोकिएको छ । रणनीतिक साझेदार भित्राउन नेपाल सरकारबाहेकका अन्य शेयरधनीहरूले आफ्नो स्वामित्वको शेयर बिक्री गर्ने विकल्प सहज हुने प्रतिवेदनको सुझाव छ ।

यस्तै प्रतिवेदनले सबैजसो सञ्चालक नेपाल सरकार वा सरकारअन्तर्गतका निकायबाट प्रतिनिधित्व हुँदा त्यसका नकारात्मक पक्ष धेरै रहेको भन्दै स्वतन्त्र विज्ञ सञ्चालकको बाहुल्य रहने गरी सञ्चालक समितिको पुनर्संरचना गर्न पनि सुझाव दिएको छ ।

सम्बन्धित खबर