२०८२ माघ २० मङ्गलवार , ०६:५३:३७ बजे

Sajhamanch
'

दोहोरो अङ्कले घट्यो सेयर बजार, साढे ८ अर्ब बढीको कारोबार

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा छोटो अवधिमै नाफा बुक गर्ने लगानीकर्ता हावी हुँदा समग्र बजार सूचकमा सुधार आउन सकेको छैन ।

आगामी २१ फागुनमा हुने निर्वाचन आधार बनाइ २७८८ सम्म पुगेको नेप्से सूचक पुन: बिक्री चापको दबाबमा परेको हो ।

निर्वाचनलाई आधार बनाइ बढेको सेयर बजारमा खरिद गरेका लगानीकर्ता अल्पकालीन लाभ बुक गर्न खोज्दा धितोपत्र बजार अस्थिरसँगै घट्दो देखिएको छ ।

यो साताको सुरुदेखि सेयर बजार सूचक सकारात्मक भए पनि कारोबार अवधिमा भर निकै उतारचढाव भएर समान्य अंकले बढेर बन्द भएको भएको अवस्था छ ।

यो साता मंगलबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार १२.५८ अंकले घटेको छ । कारोबार सुरु हुँदा २६९५.७३ अंकमा रहेको नेप्से मंगलबार २६८३.१५ अंकमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स २.४५ अंकले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार कालिञ्चोक दर्शनको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतसम्म सेयर मूल्य बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएकामध्ये धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ ८.७३ अंकले घटेको छ । त्यसैगरी विकास बैंक ३५.७३, वित्त २७.६६, जलविद्युत् ३४.३९, लगानी ०.५३, जीवन बीमा ४९.५७, लघुवित्त २०.९०, निर्जीवन बीमा ३९.४४, अन्य १३.१६ र व्यापार १७.७१ अंक घटेका छन् ।

तर, होटल १३४.७४, उत्पादनमूलक ३४.५६ र सामूहिक लगानी कोष ०.२१ अंकले बढेका छन् ।

मंगलबार नेप्से सूचक घटे पनि कारोबार रकममा भने समान्य सुधार आएको छ । नेप्सेमा ३ सय २२ कम्पनीको ९२ हजार ३ सय ३८ कारोबारबाट ८ अर्ब ६३ करोड रुपैयाँ बराबर १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा धेरै हो । सोमबार नेप्सेमा ८ अर्ब १० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

सम्बन्धित खबर