
झापा । झापाको बिर्तामोडमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् ।
गएराति ८ः३० बजे बिर्तामोड नगरपालिका-२ त्रिशुल चोकस्थित इन्द्र राजवंशीको घरमा डेरा लिई बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका २५ वर्षीय दिपक कार्की र ३५ वर्षीय मनकुमार राजवंशी पक्राउ परेका हुन् ।
कार्कीको कोठाभित्र लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त कोठाभित्र बसिरहेका राजवंशीको साथमा प्लास्टिकबाहेक १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुई थान मोबाइल र मे. १ ह. ५५६२ नम्बरको अटोसहित कार्की र राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


