२०८२ माघ १४ बुधवार , ०१:३५:२५ बजे

Sajhamanch
'

चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो

बुधवार, माघ १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवम् विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ । आचारसंहिता गएको माघ ४ गतेदेखि लागू भएको हो । मतदान आउँदो फागुन २१ गतेका लागि तोकिएको छ ।

सम्बन्धित खबर