२०८२ माघ १४ बुधवार , ०१:३८:१३ बजे

Sajhamanch
'

बारामा आमाछोराको हत्या, ३ जना घाइते

बुधवार, माघ १४, २०८२

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा एकै परिवारका २ जना आमाछोराको हत्या भएको छ । गएराति ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको हतियार प्रहार गरी हत्या भएको हो ।

सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, छोरी २० वर्षीया रीनाकुमारी गम्भीर र बुहारी मनिता घाइते हुनुभएको छ । उहाँहरुको परवानीपुरमा उपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घटनाको कारण र संलग्न को हुन् ? भन्ने खुलिसकेको छैन ।

तालिम प्राप्त कुकुरको सहयोगले खोजी र थप अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित खबर