२०८२ माघ १३ मङ्गलवार , १२:२२:१३ बजे

Sajhamanch
'

कुन प्रदेशमा आज कस्तो मौसम ?

मङ्गलवार, माघ १३, २०८२

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावले कोशी र मधेश प्रदेशको तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ। हिमाली भूभागमा आंशिक बादल लागेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ।दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागि बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। तराई भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर