२०८२ माघ १२ सोमवार , ०५:५३:४६ बजे

Sajhamanch
'

उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, मधेशका कुरा काठमाडौंमा सुनाउँछु : गगन थापा

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताउनु भएको छ ।

उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशको साइनो औपचारिक मात्रै बनाएर नहुने बताउनु भएको छ ।

‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ,’ सभापति थापाले भन्नुभयो ।

पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौंको हुकाई भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताउनु भयो । मधेशका कुरा काठमाडौंमा सुनाउन र काठमाडौंका कुरा मधेशमा सुनाउन चाहेको उहाँले बताउनु भयो ।

काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गरे । ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैं पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहिँभित्र बिताएँ,’ काठमाडौं–४ का मतदातालाई सभापति थापाले भन्नुभयो ।

सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्न नहुने सुझावहरू अझ बढी आएको उल्लेख गर्नुभयो । उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताएका सभापति थापाले अधिकार नभई सबैको बीचमा एकता हुने नसक्ने टिप्पणी गर्नुभयो ।

सम्बन्धित खबर