२०८२ माघ ११ आइतवार , ०८:०९:२० बजे

Sajhamanch
'

यातायात विभागद्वारा छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक

आइतवार, माघ ११, २०८२

काठमाडौँ । यातायात व्यवस्था विभागले छापिएका ७३२ वटा सवारी लाइसेन्स सार्वजनिक गरेको छ । आइतबार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो ।

विभागले अहिले अत्यावश्यक सवारी लाइसेन्स छपाइ गरी वितरण गर्दै आएको छ । तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गर्दै आएको विभागले जनाएको छ ।

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइ रोकिएको थियो । हाल सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको छ ।

सम्बन्धित खबर