२०८२ माघ ११ आइतवार , ०३:१५:४६ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएन : आज सुन तोलाको ३ लाख ३८०० रुपैयाँ पुग्यो

आइतवार, माघ ११, २०८२

काठमाडौं । सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ ।

आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १ हजार ४०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २९० रुपैयाँले बढेर तोलाको ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ६ हजार १९० रुपैयाँ रहेको थियो ।

विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर