
रुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिकामा आइतबार बिहान बोइलर कुखुरा बोकेको जिप दुर्घटना भएको छ ।सल्यानबाट रुकुम पूर्वको खाबाङ बगरतर्फ आउँदै गरेको लु३च ७०३६ नम्बरको जिप भूमे-४ स्थित धौदापहिरामा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय काँक्रीका प्रहरी निरीक्षक हिमराज बिकका अनुसार जिप सडकबाट करिब २० मिटर तल खसेको छ । सडकमा जमेको तुसारोका कारण चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटना ग्रस्त जिप सडकमा रहेको कारण पन्छाउने कार्य भैरहेको बिकल जानकारी दिए ।जिपमा रहेका कुखुरा मरेका छन् । मानवीय क्षति भने भएको छैन ।


