
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्नुभएको छ । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरूले आज पार्टी कार्यालय सानेपामा पदभार ग्रहण गर्नुभएको हो ।
सभापति थापासहित उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरूले पदभार ग्रहण गर्नुभएको छ ।
पदाधिकारीहरूको पदभार ग्रहणपछि केन्द्रीय समितिको बैठक शुरू भएको छ । बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्नेछ ।
गएको पुस २७ गतेदेखि ३० गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित हुनुभएको थियो ।


