२०८२ माघ ९ शुक्रवार , ०६:०३:३९ बजे

Sajhamanch
'

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ २ लाख ९२ हजार २०० रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । आज चाँदी तोलामा एकैदिन २७० रुपैयाँले बढेर तोलाको ६ हजार १९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ ५ हजार ९७० रुपैयाँ थियो । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९२० रुपैयाँ थियो ।

सम्बन्धित खबर