२०८२ माघ ८ बिहिवार , ०७:१४:२८ बजे

Sajhamanch
'

शेयर बजार ९ अङ्कले बढ्यो, ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिहिवार, माघ ८, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २३ अङ्कले बढेर २ हजार ७१४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज बैंक, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह सबैभन्दा धेरै २ दशमलव ३८ प्रतिशतले उकालो लागेको छ ।

आज १६२ वटा कम्पनीको शेयर बढेकोमा ८८ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, त्रिशूली जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कालिका पावर कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार पनि बढेको छ । हिजो ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ३३२ वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर