
काठमाडौं । भारतका ओपनर ब्याटर अभिषेक शर्मा टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
हिजो घरेलु मैदान नागपुरमा भएको न्युजिल्यान्डसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८४ रन बनाउँदै २५ वर्षीय शर्माले यो उपलब्धि हासिल गरेका हुन् । अभिषेक शर्माले २ हजार ८९८ बलमा ५ हजार रन पूरा गरेका हुन् ।
यसअघि वेस्ट इन्डिजका आन्द्रे रसेलले २ हजार ९४२ बलमा ५ हजार रन पूरा गरेका थिए । यसैगरी अस्ट्रेलियाका टिम डेभिडले ३ हजार १२७ बल, इङ्ग्ल्यान्डका विल ज्याक्सले ३ हजार १९६ बल, अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलले ३ हजार २३९ बलमा ५ हजार रन पूरा गरेका छन् ।
पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ४८ रनले हराएको थियो ।


