२०८२ माघ ८ बिहिवार , ०४:२५:०३ बजे

Sajhamanch
'

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

बिहिवार, माघ ८, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

नेपालकी रुबिना क्षेत्रीले नटआउट ३७, सीता राना मगरले नटआउट २७ रन बनाए । नेदरल्यान्ड्सकी इसाबेल भान डेर वोनिङले ३ विकेट लिइन् ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायो । नेदरल्यान्ड्सकी बाबेट डे लीडेले सबैभन्दा धेरै ४९ रन बनाइन् । नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् ।

यसअघि पहिलो खेलमा नेपाल नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने यो लगातार तेस्रो जीत हो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।