२०८२ माघ ६ मङ्गलवार , ०७:००:०२ बजे

Sajhamanch
'

रुकुम पूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य चुनावका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रुकुमकोटमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले मनोनयन दर्ता गराउनुभएको हो । रुकुम पूर्व माओवादी सशस्त्र युद्धको आधार क्षेत्रका रूपमा रहेको छ ।

मनोनयन दर्तापछि उहाँले रुकुमको विकासलाई पहिलो प्राथमकिता दिने बताउनुभयो । यसअघि प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।