२०८२ माघ ६ मङ्गलवार , ०१:४९:३५ बजे

Sajhamanch
'

समानुपातिकतर्फको १ करोड २ लाख भन्दा धेरै मतपत्र छपाइ सकियो

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको जनाएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइको जिम्मा पाएको केन्द्रले अहिलेसम्म समानुपातिकतर्फका लागि १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको हो ।

निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फका लागि कूल दुई करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले अहिलेसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ । यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ ।

केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत गरेको छ । कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने प्याकिङ गर्न बाँकी छ ।

सम्बन्धित खबर