२०८२ माघ ५ सोमवार , ०७:५४:३४ बजे

Sajhamanch
'

चुनावसम्बन्धी जानकारी दिन निर्वाचन आयोगमा कल सेन्टर स्थापना

सोमवार, माघ ५, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरेर कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आयोग परिसरमा स्थापना गरेको कल सेन्टरबाट मतदाताका चुनावसम्बन्धी जिज्ञासा मेटाउने काम हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरि सोध्न सकिनेछ । ‘कल सेन्टर’ मा ६ वटा डेस्क छन् । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने आयोगले जनाएको छ ।

‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनि प्रश्न गरेका थिए ।

‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए ।

बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ । कल सेन्टर उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ ।

सम्बन्धित खबर