
काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपाल आफ्नो चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको छ । थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो ।
यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल भारतसँग ८–१ गोलले पराजित भएको थियो ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङ्का र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।
लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।


