२०८२ माघ ५ सोमवार , ०६:०२:२७ बजे

Sajhamanch
'

‘चुनावी सुरक्षा चित्तबुझ्दो छैन’ : एमाले अध्यक्ष ओली

सोमवार, माघ ५, २०८२

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको बताउनु भएको छ ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्न सोमबार झापा आउनु भएका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

‘चुनावी सुरक्षा चित्तबुझ्दो छैन,’ ओलीको संक्षिप्त प्रतिक्रिया थियो । पूर्वप्रधानमन्त्री ओलीका लागि झापा–५ परम्परागत निर्वाचन क्षेत्र हो।

उम्मेदवारी मनोनयनका लागि झापा पुगेका ओलीको स्वागतका लागि चन्द्रगढी विमानस्थलमा सयौँ मतदाता, नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति थियो। समर्थकहरूले ‘केपी बा, वी लभ यू’ भन्दै नारा लगाएका थिए भने केही समर्थक चुच्चे नक्सासहित विमानस्थल परिसरमा देखिएका थिए।

सम्बन्धित खबर