२०८२ माघ ५ सोमवार , ०५:३२:५८ बजे

Sajhamanch
'

अध्यक्ष ओलीलाई गृहजिल्ला झापामा भव्य स्वागत

सोमवार, माघ ५, २०८२

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि स्थानहद फुकुवा भएर पहिलो पटक गृहजिल्ला झापा आइपुग्नु भएको छ।

करिब चार महिनापछि गृहजिल्ला झापा आउनु भएको पूर्वप्रधानमन्त्री समेत रहनु भएको ओलीलाई भद्रपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन पत्र दर्ता गराउन एक दिन अघि नै ओली झापा आउनु भएको हो। विमानस्थल ओर्लिएर अध्यक्ष ओली नेता तथा कार्यकर्तासँग पाँचै निर्वाचन क्षेत्रको चुनावी माहोल बुझेर गृहनगर दमकतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सम्बन्धित खबर