२०८२ माघ ५ सोमवार , ०२:४४:५७ बजे

Sajhamanch
'

मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

सोमवार, माघ ५, २०८२

 काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनु भएको छ।

उहाँले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताउनु भयो।

‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ। आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ उहाँले भन्नुभयो।

उहाँ सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि टिकट पाइनसकेको बताउनु भयो। उहाँ हाल जनकपुरधाममा हुनुहुन्छ।

सम्बन्धित खबर