२०८२ माघ ५ सोमवार , ०२:२०:५९ बजे

Sajhamanch
'

मेनुका राई र राई नबिनको स्वरमा ‘उधौली र उभौली साकेला’

सोमवार, माघ ५, २०८२

मेनुका राई र राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला’ गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतको विषयवस्तु किरात समुदायको महत्वपूर्ण चाड ‘उधौली र उभौली’सँग जोडिएको छ। उधौली र उभौली किरात समुदायले प्रकृति, भूमि र पुर्खाप्रति आस्था व्यक्त गर्दै मनाउने सांस्कृतिक विशेषतालाई गीतमा चित्रण गरिएको छ । नयाँ खेतीपाती सुरु हुनु अघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने गरिन्छ । यी पर्वहरूमा साकेला नृत्य, मौलिक भेषभूषा र परम्परागत बाजागाजाको विशेष महत्वलाई गीतमा ब्यक्त गरिएको छ ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् । ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरेश पायल राईले गरेका हुन् भने निर्माता बिना राई रहेकी छन् ।

गीतसँगै सार्वजनिक गरिएको भिडियोले पनि उधौली–उभौलीको सांस्कृतिक भाव, सामुहिक नृत्य र जीवनशैलीलाई जीवन्त रूपमा उतारेको छ। भिडियो निर्देशन धन खालिङले गरेका हुन् भने जस्केलो क्रियशनले निर्माण गरेको हो।

मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर