२०८२ फागुन ३ आइतवार , १२:०५:२१ बजे

Sajhamanch
'

भारतलाई हराउँदै एकदिवसीय शृंखला न्युजिल्यान्डले जित्यो

सोमवार, माघ ५, २०८२

काठमाडौं । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै एकदिवसीय शृंखला जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला आफ्नो पक्षमा पारेको हो ।

इन्दौरमा हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३३७ रन बनायो । न्युजिल्यान्डका ड्यारिल मिचेलले १३७ रन र ग्लेन फिलिप्सले १०६ रनको शतकीय पारी खेले । मिचेलले १३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

भारतका विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै १०८ बलमा १० चौका र ३ छक्का सहित १२४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । हर्षित राणाले ४३ बलमा ४ छक्का र ५ चौका सहित ५२ रन जोडे ।

अन्त्यमा भारत ४६ ओभरमा २९६ रनमा अलआउट भयो । न्युजिल्यान्डले पहिलो पटक भारतलाई उसकै मैदानमा एकदिवसीय शृंखला जितेको हो ।

सम्बन्धित खबर