२०८२ माघ ४ आइतवार , ०७:२३:५८ बजे

Sajhamanch
'

साफ पुरुष फुटसल च्याम्पियनशिपमा नेपाल र भारतबीच बराबरी

आइतवार, माघ ४, २०८२

काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको पुरुषतर्फ नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग बराबरी खेलेको छ ।

थाइल्यान्डको बैंककमा रहेको नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोल गरे । खेलमा नेपालले तीन पटक अग्रता लिए पनि बराबरीमा रोकिन पुग्यो । योसँगै दुवै टोलीले १–१ अङ्क बाँडेका छन् । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलले हराएको थियो ।

दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलङका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् ।

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।