२०८२ माघ ४ आइतवार , ०५:५३:०४ बजे

Sajhamanch
'

राष्ट्रियसभाका तीन सदस्य श्रेष्ठ, गौतम र न्यौपानेको राजीनामा

आइतवार, माघ ४, २०८२

काठमाडौं । राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिनुभएको छ । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष आज राजीनामा बुझाउनुभएको हो ।

श्रेष्ठ, गौतम र न्यौपाने आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता श्रेष्ठले सर्लाही–३ बाट, गौतमले बर्दिया–१ बाट र नेकपा एमालेकी नेत्री न्यौपानेले तनहुँ–१ बाट चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ ।