२०८२ माघ ४ आइतवार , ०२:२२:५६ बजे

Sajhamanch
'

टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले दियो थाइल्यान्डलाई १२३ रनको लक्ष्य

आइतवार, माघ ४, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रन बनाएर अलआउट भयो ।

नेपालकी बिन्दु रावलले ४४ र सोनु खड्काले २६ रन बनाइन् । थाइल्यान्डकी थिपाच्चा पुथावाङले ३ र ओनिचा कामचोम्फुले २ विकेट लिइन् ।

१० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित खबर