२०८२ माघ ४ आइतवार , ०२:०६:११ बजे

Sajhamanch
'

अमेरिकी डलरको भाउ फेरि १४५ रुपैयाँ नाघ्यो

आइतवार, माघ ४, २०८२

काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको हो । आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यो यस अघि कायम कीर्तिमानको नजिक हो ।

यस अघि गएको पुष २ गते अमेरिकी डलर एकको खरिददर अहिलेसम्मकै उच्च १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । पछिल्ला केही महिनादेखि अमेरिकी डलर नेपाली रुपैयाँको तुलनामा महँगो बनेको छ ।

विश्वका मुख्य मुद्राहरूको तुलनामा अमेरिकी डलर कमजोर भए पनि भारतीय रुपैयाँको तुलनामा डलर अझ शक्तिशाली बन्दा नेपाली रुपैयाँको तुलनामा पनि महँगो भएको हो । नेपाली मुद्रा भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणालीमा गाँसिएको छ ।

डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा केही क्षेत्रमा फाइदा देखिएपनि समग्रमा घाटा पर्ने अर्थविज्ञहरु बताउँछन् । डलर बलियो हुँदा नेपालमा रेमिट्यान्स पठाउनेहरुलाई फाइदा हुन्छ । सस्तो पर्ने भएकोले विदेशी पर्यटक आकर्षित हुन सक्छन् ।

निर्यातमा नेपाली सामान सस्तो पर्ने हुँदा माग बढ्न सक्छ । तर यी फाइदाको तुलनामा घाटा धेरै छ । आयातमा डलर प्रयोग हुने भएकोले सामानको भाउ बढ्छ । वैदेशिक ऋणको दायित्व थपिन्छ भने विदेशमा पढ्न वा घुम्न जानेहरुको खर्च पनि बढ्छ । समग्रमा कुनै पनि देशको मुद्रा कमजोर हुनुलाई समस्याका रूपमा लिइन्छ ।

सम्बन्धित खबर