
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुट्नु भएको छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग छलफल गरेका महामन्त्रीद्वय थापा र शर्मा आफू निकट नेता तथा कानुन विद्हरूसँग छलफलमा जुट्नु भएको हो ।
छलफलमा सभापति देउवाले प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर कानुनअनुसार मिल्छ भने त्यसमा आफू तयार रहेको भन्दै निर्वाचन आयोग र कानुनका जानकारहरूसँग छलफल गरेर निर्क्यौल निकाल्न सुझाव दिनु भएको थियो ।
देउवासँग भएको छलफलबारे कानुन विद्सँग महामन्त्रीद्वय थापा र शर्माले कुराकानी गरिरहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले जानकारी दिनुभयो ।
सभापति देउवासँग बुधबार बिहान भएको छलफलमा सहमति हुन नसकेपछि थापा र शर्मा देउवा निवासबाट बाहिरिनु भएको थियो ।


