२०८२ पौष ३० बुधवार , ०२:५४:०४ बजे

Sajhamanch
'

सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ

बुधवार, पौष ३०, २०८२

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ ।

हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रोक्नेक्रममा सुरक्षागार्ड रुद्र कार्की घाइते हुनुभएको छ ।

लुटपाटमा संलग्नमध्ये गाडी, त्यसका चालकसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटिएको रकम मध्ये झन्डै एक करोड ८० लाख रुपैयाँ पनि फेला परेको छ ।

अरु रकम तथा बैंक लुटपाटमा संलग्नबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सम्बन्धित खबर